Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा डेंगी संक्रमणबाट ६ जनाको मृत्यु

चितवनमा डेंगी संक्रमणबाट ६ जनाको मृत्यु

  • मंगलवार, कार्तिक २९ २०७९

  • 336
    SHARES

  • चितवनमा डेंगी संक्रमणबाट ६ जनाको मृत्यु

    काठमाडौं । जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगी रोगको संक्रमणका कारण मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार ९७४ जनाको परीक्षण गरिएकामा दुई हजार ९४९ जनामा डेंगीको संक्रमण देखिएको छ ।

    सङ्क्रमितमध्ये दुई हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका २९१ र ठेगाना खुलेका ६०८ जना रहेको कार्यालयले जनाएको छ ।

    जिल्लामा सबैभन्दा बढी डेंगी रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार ४५० जनामा डेंगी रोग देखिएको केसीले बताउनुभयो ।

    उहाँका अनुसार खैरहनी नगरपालिकामा १६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा २४३ जनामा डेंगी रोग देखिएको थियो । यस्तै, राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगीको संक्रमण देखिएको थियो ।

    कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार १३६ पुरुष र ९१४ जना महिलामा डेंगी रोगको संक्रमण देखिएको छ ।


    मंगलवार, कार्तिक २९ २०७९०३:३९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij