Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २ देखि क्यालिब्रेसन उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २ देखि क्यालिब्रेसन उडान हुँदै

  • मंगलवार, कार्तिक २९ २०७९

  • 355
    SHARES

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २ देखि क्यालिब्रेसन उडान हुँदै

    काठमाडौं । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा पुस १७ देखि सञ्चालनमा ल्याइन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग सम्बन्धित प्राविधि जाँच गर्न मंसिर २ गतेदेखि क्यालिब्रेसन उडान हुने भएको छ ।

    नागरिक उड्डयन प्राधिकरणले थाइल्यान्डको एरोनटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडको विमानलाई मंसिर २ देखि १२ गतेसम्म उक्त विमानस्थलको क्यालिब्रेसन उडान अनुमति दिएको छ । उक्त विमानले ११ दिनमध्ये ७ दिन पोखराको आकाशमा उडेर त्यहा जडान भएका उडान सम्बन्धी उपकरण तथा प्रविधिहरुको जाँच गर्ने छ ।

    उहाँका अनुसार क्यालिब्रेसन उडानमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिहरु हुने छन् । देशभरका विमानस्थलको हरेक वर्ष गर्नुपर्ने नियमित क्यालिब्रेसन उडानका लागि आउदै गरेको एरोथाईलाई प्राधिकरणले पोखराको पनि जिम्मा दिएको हो । मंगलबार बैंककबाट ढाका हुँदै नेपाल आउने एरोथाईको विमान २४ दिन नेपाल रहेर मंसिर १९ गते मात्रै स्वदेश फर्किने छ ।

    यसअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान पनि यसै कम्पनीको विमानले गरेको थियो ।


    मंगलवार, कार्तिक २९ २०७९०२:२७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij