Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

मंसिरमा पनि ब्याजदर नघट्ने

मंसिरमा पनि ब्याजदर नघट्ने

  • मंगलवार, कार्तिक २९ २०७९

  • 323
    SHARES

  • मंसिरमा पनि ब्याजदर नघट्ने

    काठमाडौं । बैंकहरुले मंसिर महिनाका लागि पुरानै ब्याजदर कायम राख्ने भएका छन् ।

    बैंकहरुले निक्षेपको मुद्धतिमा १२ दशमलव ३३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । यही ब्याजदर मंसिर महिनाका लागि पनि लागू हुनेछ ।

    यस्तै संस्थागत निक्षेपकर्ताका लागि १० दशमलव ३३ प्रतिशत कायम छ । नेपाल बैकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले अहिले ब्याजदर बढाउने भन्दा पनि मेन्टेन गर्ने सहमति बैंकरहरुबीच भएको बताउनुभयो ।

    यद्यपि २६ वटै बाणिज्य बैंकको धारणा बुझ्न भने बैंकर्स संघको सिइओ अनिल शर्मालाई जिम्मा दिइएको उपाध्यायले बताउनुभयो ।

    उनीहरुको धारणा आइसकेपछि आधिकारिक रुपमै ब्याजदर घटबढ नहुने विषय सार्वजनिक गरिने अध्यक्ष उपाध्यायले बताउनुभएको छ । बैंकहरुले हरेक महिना निक्षेपको ब्याजदर रिभ्यु गर्न पाउने प्रावधान छ ।

    तर कर्जाको ब्याजदर रिभ्युका लागि भने तीन महिना कुनुपर्छ अर्थात त्रैमासिक रुपमा ब्याजदर रिभ्यु गर्न पाइन्छ । पछिल्लो समय उद्योगी व्यवसायीले बैंकको ब्याजदर बृद्धिको विरोध गरिरहेका छन् । तर बैंकहरु भने घट्ने पक्षमा देखिएका छैनन ।


    मंगलवार, कार्तिक २९ २०७९०२:२१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij