Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

तीस वर्षमा २८ सरकारका नालीबेली समेटिएको पुस्तक “सत्ता सङ्घर्ष” प्रकाशित

तीस वर्षमा २८ सरकारका नालीबेली समेटिएको पुस्तक “सत्ता सङ्घर्ष” प्रकाशित

  • मंगलवार, कार्तिक २९ २०७९

  • 1.1K
    SHARES

  • तीस वर्षमा २८ सरकारका नालीबेली समेटिएको पुस्तक “सत्ता सङ्घर्ष” प्रकाशित

    काठमाडौँ । पत्रकार रामकृष्ण भण्डारीले लेख्नु भएको पुस्तक सत्ता संघर्ष प्रकाशित भएको छ । २०४६ सालको जनआन्दोलनले ३० बर्से पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनस्स्थापना भएपछि बनेका सरकारहरुका बारेमा पुस्तकमा उल्लेख गरिएको छ ।

    शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि दलीय दाउपेच र अन्तद्र्वन्द्वले मुलुक दिशाहीन र अस्थिरताको दलदलमा फसेको विषयलाई पनि पुस्तकमा समेटिएको छ ।

    २०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्मको ३० वर्षको अवधिमा बनेका २८ सरकारको नालिबेली बताउने पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

    कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्री लगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर पुस्तक तयार पारिएको बताउनुभयो । उहाँले पुस्तकमा प्राथमिक स्रोतलाई मुख्य आधार बनाइएको पनि दावी गर्नुभएको छ ।

    रोचक र तथ्यपरक शैलीमा लेखिएको यो पुस्तक नेपालको सरकार गठन, विग्रह र संचालन बुझ्न चाहनेहरुका लागि राम्रो श्रोत सामग्री हुने भण्डारीको भनाई छ ।

    “पुस्तकमा प्रस्तुत अनेकौं दृष्टान्तले पुस्तकलाई पठनीय मात्र बनाएको छैन दल तथा तिनका नेताको सत्तामोहमा घनिभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ,” सांग्रिला बुक्सद्धारा प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख छ ।पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरु तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ ।

    पुस्तक प्रकाशित भई बजारमा उपलब्ध भएपनि औपचारिक विमोचन भने केही समयपछि मात्रै गरिने लेखक भण्डारीले जानकारी दिनुभयो ।


    मंगलवार, कार्तिक २९ २०७९०८:३४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij