Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनआरएनएको सहयोगमा डोटीका भुकम्प पिडितलाई राहत सामाग्री वितरण

एनआरएनएको सहयोगमा डोटीका भुकम्प पिडितलाई राहत सामाग्री वितरण

  • आइतवार, कार्तिक २७ २०७९

  • 874
    SHARES

  • एनआरएनएको सहयोगमा डोटीका भुकम्प पिडितलाई राहत सामाग्री वितरण

    काठमाण्डौं । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।

    कार्तिक २२ गते मङ्गलवार राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु भएर आएको ५.७ म्याग्निच्युटको भूकम्पको पश्चिम नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका थिए ।

    जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको गैर आवासिय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष रविना थापाले जानकारी दिनुभयो ।

    सो ठाउँमा भुकम्पमा परेर जनधनको क्षति भएपछि (एनआरएनए)ले उद्योग वाणिज्य सघहरुसंगको समन्वयमा डोटिका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्रदेश महासचिवलाई राहात सामाग्री हस्तान्तरण गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    ‘ एनआरएनएले स्थानीय प्रशासन तथा उद्योग वाणिज्य संघहरुसंगको सहकार्यमा खाद्यान्न लत्ता कपडा आदी राहत हस्तान्तरण गरेको छ । यसले भुकम्पबाट पीडितहरुलाई तत्कालै सानो भएपनि राहत मिल्ने हाम्रो अपेक्षा हो ।’ थापाले भन्नुभयो ।

    एनआरएनएले २०७२ सालको भुकम्पमा पनि गोर्खा लगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो । एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामाग्री वितरण गरिएको र यसले भुकम्प पिडीतहरलाई ठूलो राहत मिलेको डोटी उद्योग बाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताउनु भयो । 


    आइतवार, कार्तिक २७ २०७९०४:५३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij