Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यसो छेउमा के राखेको, प्रचण्ड बुर्कुसी मार्न थाले : ओली

यसो छेउमा के राखेको, प्रचण्ड बुर्कुसी मार्न थाले : ओली

  • आइतवार, कार्तिक २७ २०७९

  • 536
    SHARES

  • यसो छेउमा के राखेको, प्रचण्ड बुर्कुसी मार्न थाले : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रतिगमन गर्‍यो भनेर गलत भ्रम फैलाएको दाबी गर्नुभएको छ ।

    कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशाल पार्टीको सहअध्यक्ष दिँदा नपचेको टिप्पणी गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘माओवादी केन्द्र र हामी मिलेर साझा चुनावको घोषणापत्र ल्याएका थियौँ । माओवादी आफैँ सकिने बाटोमा थियो । त्यस पार्टीलाई औँलो समाउन दिएर हिँडाएर प्रत्यक्षमा ३६ सीट जिताएका थियौँ । प्रचण्डलाई मैले सहअध्यक्ष बनाएर विशाल पार्टीको नेता बनाए । देश बनाउने शक्ति निर्माण गर्न भनेर पार्टी मिलाएका थियौँ । पार्टीमा मलाई नै अल्पमतमा पर्नेगरी उनीहरूलाई विश्वास गरेँ । तर, धोका भयो ।’

    सहमतिविपरीत गएर आफ्नो नेतृत्वको सरकार गठन गर्न नदिँन षड्यन्त्र गरेको ओलीको भनाइ थियो । उहाँले आफूले प्रतिगमन नगरेकाले प्रतिगमनको विरुद्ध लड्नुपर्ने बताउनुभयो ।

    प्रचण्डले आफ्नो घरमा आगो लगाएर अर्काको पालीमा बस्न गएपछि ताजा जनादेशका लागि गएको बताउनुभयो ।


    आइतवार, कार्तिक २७ २०७९०३:०३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij