Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मतदानका दिन यी सवारीसाधन मात्रै चल्नेछन्...

मतदानका दिन यी सवारीसाधन मात्रै चल्नेछन्...

  • शनिवार, कार्तिक २६ २०७९

  • 577
    SHARES

  • मतदानका दिन यी सवारीसाधन मात्रै चल्नेछन्...

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

    आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न दिने भएको हो ।

    त्यसैगरी, सञ्चारकर्मीलाई सूचना विभाग वा सञ्चारगृहबाट जारी परिचय पत्रका आधारमा सवारी साधन चलाउन दिने आयोगले जनाएको छ ।

    अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधनलाई पनि नरोकिने आयोगको भनाइ छ ।

    यस्ता कुनै पनि सवारी साधनमा मतदाता ओसारपसार गर्न भने नपाइने आयोगले जनाएको छ ।


    शनिवार, कार्तिक २६ २०७९०७:४९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij