Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मंसिर ४ पछि प्रतिगामी तत्व पराजित हुन्छन्ः प्रचण्ड

मंसिर ४ पछि प्रतिगामी तत्व पराजित हुन्छन्ः प्रचण्ड

  • शनिवार, कार्तिक २६ २०७९

  • 768
    SHARES

  • मंसिर ४ पछि प्रतिगामी तत्व पराजित हुन्छन्ः प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिर ४ गते देशलाई फेरि निरकुंशतातिर लाने हो वा होइन भन्ने विषयमा जनमत संग्रहजस्तै हुने बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

    गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिल गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘निरंकुशतातिर लैजाने हो भन्ने कुरा कुरामा जनमत संग्रह जस्तो यो निर्वाचनमा हुँदैछ,’

    प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उहाँको भनाई थियो।

    अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकीर समेत गर्नुभयो।

     


    शनिवार, कार्तिक २६ २०७९०७:४१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij