Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

उच्च अदालतको आदेश - इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्नु,

उच्च अदालतको आदेश - इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्नु,

  • शनिवार, कार्तिक २६ २०७९

  • 567
    SHARES

  • उच्च अदालतको आदेश - इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्नु,

    काठमाडौं,उच्च अदालत पाटनले इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।

    अदालतले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङ र केशवलाल श्रेष्ठलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो भने तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ)लाई ३५ लाख धरौटीमा जेल बाहिर राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।

    उक्त मुद्दामा उच्च अदालतका सरकारी वकिलहरू नारायण रिमाल, दिनेश रेग्मी र उषा गजमेरले तथा बचतकर्ताहरुका निजी अधिवक्ताहरू रमेश बडाल, भोजराज आचार्य, डा. सुरेन्द्र भण्डारी र डा.दिनेश त्रिपाठीले बहस गरेका थिए ।

    वादी र प्रतिवादीको तर्फबाट भएको दुई दिन लामो बहसपछि अदालतले सो आदेश दिएको हो ।

    भदौ दोस्रो हप्ता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व अध्यक्ष तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको थियो ।

    विभागले सम्पत्ति शुद्धीकरणको मुद्दामा तामाङले सहकारी ठगी गरेर ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति हिनामिना गरेको र तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रूपैयाँ सम्पत्ति हिनामिना गरेको निष्कर्ष निकालेको थियो ।


    शनिवार, कार्तिक २६ २०७९०४:५६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij