Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

तनहुँमा नदीले बगाउँदा एक पुरुषको मृत्यु

तनहुँमा नदीले बगाउँदा एक पुरुषको मृत्यु

  • शनिवार, कार्तिक २६ २०७९

  • 575
    SHARES

  • तनहुँमा नदीले बगाउँदा एक पुरुषको मृत्यु

    काठमाडौं । तनहुँमा नुहाउने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

    आज दिउँसो ब्यास नगरपालिकास्थित मादी नदीमा नुहाउने क्रममा डुबेर सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० का ६० वर्षीय झिलकबहादुर पौडेलको मृत्यु भएको हो ।

    पौडेललाई नदीले बगाएर एक किलोमिटर तल पुर्याएको र तत्काल उद्धार गरी दमौली अस्पताल पठाइएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

    उहाँका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


    शनिवार, कार्तिक २६ २०७९०२:४२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij