Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आज १ हजार ३ सयले बढ्यो, कतिमा हुँदै छ कारोवार ?

सुनको मूल्य आज १ हजार ३ सयले बढ्यो, कतिमा हुँदै छ कारोवार ?

  • शुक्रवार, कार्तिक २५ २०७९

  • 486
    SHARES

  • सुनको मूल्य आज १ हजार ३ सयले बढ्यो, कतिमा हुँदै छ कारोवार ?

    काठमाडौं । सुनको मूल्य साताको अन्तिम दिन आज १ हजार ३ सय रुपैयाँले बढेको छ ।

    तोलामा सुन ९६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । हिजो तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताउनुभयो ।

    उहाँका अनुसार सुनको मूल्य अझै बढ्ने सङ्केत छ । अमेरिकामा अहिले भइहेको मध्यावधि चुनावको असर सुनमा परेको शाक्यले बताउनुभयो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    शुक्रवार, कार्तिक २५ २०७९११:१७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij