Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकापछि कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा धेरै

अमेरिकापछि कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा धेरै

  • सोमवार, भाद्र २२ २०७७

  • 1.0K
    SHARES

  • अमेरिकापछि कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा धेरै

    एजेन्सी। विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ।
    यसअघि सङ्क्रमित हुनेको सङ्ख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो।

    अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख पुगेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७२ हजार नाघेको बिबिसीले जनाएको छ ।

    देशको जनसङ्ख्याको हिसाबले कोभिडका कारण मानिसको मृत्यु हुने सङ्ख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ। तर तीव्र गतिमा भाइरसको सङ्क्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि चिन्ता बढेको छ।

    राजधानी दिल्लीमा पनि सङ्क्रमितको सङख्यामा उल्लेख्य वृद्धि भइरहेको छ।सरकारले व्यापार र यातायात पुनः खोल्दै गर्दा सङक्रमितको सङ्ख्या पनि ह्वात्तै बढेको हो।

    यसअघि आइतवार भारतमा एकैदिन थप ९० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो।

     


    सोमवार, भाद्र २२ २०७७०६:३९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij