Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आगामी निर्वाचनमा ५ लाख नागरिक मताधिकारबाट वञ्चित,नागरिकता नपाउनु प्रमुख समस्या (खास खबर)

आगामी निर्वाचनमा ५ लाख नागरिक मताधिकारबाट वञ्चित,नागरिकता नपाउनु प्रमुख समस्या (खास खबर)

  • मंगलवार, कार्तिक २२ २०७९

  • 671
    SHARES

  • आगामी निर्वाचनमा ५ लाख नागरिक मताधिकारबाट वञ्चित,नागरिकता नपाउनु प्रमुख समस्या (खास खबर)


    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा झन्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् । राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख बढी नागरिक नागरिकता विहीन भएका हुन् ।

    निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको छ । जसमा महिला ८८ लाख ४७ हजार ५ सय ७९ जना, पुरुष ९१ लाख ४० हजार ८ सय ६ जना र अन्य १ सय ८५ जना रहेका छन् । तर नेपाल नागरिकता ऐन २०६३ अनुसार २०४६ चैत मसान्तभित्र नेपालमा जन्मिएका नागरिकका सन्तान नागरिकताबाट वञ्चित भएका हुन् । पटक–पटक ल्याइएको नागरिकता ऐनले धेरैलाई नागरिकता दिएपनि अझै केही प्राविधिक समस्या नागरिकता नपाएका व्यक्तिको संख्या धेरै रहेको अधिवक्ता मनिराम उपाध्यायको भनाइ छ ।

    तत्कालीन समयमा २ वर्ष भित्र संविधान सभाको चुनावअघि नै त्यस्ता नागरिकले जन्मको आधारमा नागरिकता लिइसक्नुपर्ने सरकारले जारी गरेको आदेशअनुसार १ लाख ९० हजार ७ सय २६ जनाले जन्मको आधारमा नागरिकता लिएका थिए । तिनै जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान अहिले नागरिकताबिहीन भएका हुन् । संसारभर नागरिकता वितरणमा दुई वटा सिद्धान्तले काम गरेको हुन्छ । एउटालाई रक्त सम्बन्धको आधारमा नागरिकता दिन्छ र अर्को जन्मेको भूमिको आधारमा नागरिकता दिने व्यवस्था हुन्छ । नेपालले मुख्यतः वंशजको आधारमा नागरिकता दिन्छ । बुबाआमा नेपाली नागरिक छ भने उसको सन्तानलाई नागरिकता दिने भन्ने व्यवस्था छ । नेपालमा जन्मसिद्धको नागरिकता भनेर दोस्रो जनआन्दोलनपछि २०६३ साल मंसिर १० गते नागरिकता सम्बन्धी ऐन आएको थियो । यो ऐनले २०४६ साल चैत मसान्तभित्र नेपालमा जन्मिएको व्यक्ति छ भने उसलाई जन्मसिद्धका आधारमा नेपाली नागरिकता दिने भन्ने थियो । यो अल्पकालीन रुपमा मात्रै आयो । २ वर्षभित्र र संविधानसभाको चुनाव हुनु अगाडि नै जन्मसिद्ध नागरिकता लिइसक्नुपर्ने भन्ने ऐनले ल्याएको थियो । त्यो ऐनमा टेकेर गृह मन्त्रालयको तथ्यांकअनुसार १ लाख ९० हजार ७२६ जनाले जन्मसिद्ध नागरिक भनेर नागरिकता लिएका थिए । अधिवक्ता उपाध्यायका अनुसार विवाह विदेशी चेलीसँग गर्ने र टुहुरा असहायहरुले अझै नागरिकता लिन सकेका छैनन् ।

    जन्मसिद्ध नागरिकता पाएका सन्तानबाट जन्मेका बाहेक अन्य विभिन्न कारणले नागरिकता प्राप्त गर्न नसकेका नागरिकको तथ्यांक भने बढी रहेको छ । नेपालमा नागरिकता सम्बन्धि समस्या बल्झिएको धेरै समय बितेको छ । यहाँकै संसदमा रहेकाहरुले विभिन्न देशको नागरिकता बोकेको प्रश्न उठ्ने गर्दछ तर वास्तविक नेपालीले नागरिकता नपाउनु बिडम्बना हो ।


    मंगलवार, कार्तिक २२ २०७९०७:३१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij