Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

हिजोको तुलनामा आज सेयर कारोबार खुम्चियो

हिजोको तुलनामा आज सेयर कारोबार खुम्चियो

  • मंगलवार, कार्तिक २२ २०७९

  • 455
    SHARES

  • हिजोको तुलनामा आज सेयर कारोबार खुम्चियो

    काठमाडौँ. हिजोको तुलनामा आज सेयर कारोबार रकम आधा घटेको छ। हिजो २ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ५ करोडमा खुम्चिएको छ।

    नेप्से परिसूचक पनि २.५ अंक घटेर १९५६ मा कायम भएको छ। ५८ कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने १२ को स्थिर रह्यो।

    बैंकिङ ३, विकास बैंक ७, होटल ३, जलविद्युत् १२, उत्पादन ३६, माइक्रोफाइनान्स २७ अंक घटे। निर्जीवन बीमा २३, अन्य १४, फाइनान्स ४ र जीवन बीमा उपसमूह ९३ अंक बढे।

    लाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो। कालिका लघुवित्तको ५.७ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सिटिजन्स बैंक, जल्पा लघुवित्त, रिडी पावर र पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे।


    मंगलवार, कार्तिक २२ २०७९०३:४७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij