Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आसन्न निर्वाचन लक्षित सुरक्षा व्यवस्थामा कडाइ, प्रहरीसँग छैन पर्याप्त सुरक्षा सामाग्री (खास खबर)

आसन्न निर्वाचन लक्षित सुरक्षा व्यवस्थामा कडाइ, प्रहरीसँग छैन पर्याप्त सुरक्षा सामाग्री (खास खबर)

  • सोमवार, कार्तिक २१ २०७९

  • 639
    SHARES

  • आसन्न निर्वाचन लक्षित सुरक्षा व्यवस्थामा कडाइ, प्रहरीसँग छैन पर्याप्त सुरक्षा सामाग्री (खास खबर)

    काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले सुरक्षादस्तालाई मजबुत बनाएको छ । स्थानीय तहको निर्वाचनमा देखिएका कमजोरीहरुलाई समेत मध्येनजर गरी प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् डिआईजी टेकप्रसाद राईले सबै स्थानको सुरक्षामा कडाइ गरिएको बताउनुभएको छ । प्रत्येक जिल्ला, प्रदेश र केन्द्रमा निर्वाचन सेल गठन गरिएको उहाँको भनाइ छ ।

    आगामी निर्वाचनको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी खटिने भएका छन् । मतदानस्थलमा चारवटा सुरक्षा घेरा रहनेछन् । सञ्चार सेवा प्रभावित हुने स्थान, उम्मेदवारको पृष्ठभूमि, दलहरुबीचको द्वन्द्वलगायतका विषयलाई ध्यानमा राखेर सुरक्षालाई बलियो बनाइएको डिआइजी राईको भनाइ छ ।

    निर्वाचन सुरक्षाका लागि प्रहरीसँग पर्याप्त सामाग्री नभएको प्रवक्ता राइले जानकारी दिनुभयो । निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गर्नका लागि चाहिने आवश्क सामाग्री सरकारले पर्याप्त दिन नसकेपनि प्रहरीले भएका स्रोत साधनहरुलाई अधिकतम प्रयोगमा ल्याएको छ ।

    हरेक पटकको निर्वाचनमा मतदाताहरुले भयरहित रुपमा मतदान गर्न पाउनु उनीहरुको अधिकार हो । तर, राजनीतिक दलहरुले जसरी पनि आफ्नो पक्षमा माहोल निर्माण गर्न डर, धम्की, त्रास देखाउने, बुथ कब्जा गर्नेसम्मका घटना भइरहेको पाइन्छ । यसलाई नियमन गर्नका लागि प्रहरी संयन्त्र बलियो हुन आवश्यक छ । चार तहका सुरक्षा निकायहरुबीच पनि आपसी समन्वय गरेर निर्वाचनस्थलमा हुने अवाञ्छित गतिविधिहरुलाई निरुत्साहित पार्नु अहिलेको मुख्य आवश्यकता हो ।

     


    सोमवार, कार्तिक २१ २०७९०८:३८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij