काठमाडौं
सेयर बजार आज फेरि ओरालोतिर लागेको छ। आज नेप्से परिसूचक ६।४३ अंकले घटेर १९५८।९४ विन्दुमा अडिएको छ।
अघिल्लो कारोबार दिन हिजो नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो। सो दिन परिसूचक ४३।२० अंकले बढेर १९६५।३६ विन्दुमा पुगेको थियो।
सो दिन २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६२ रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसदिन नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ। करिब २ महिनापछि सेयर बजारमा २ अर्ब बढिको सेयर कारोबार भएको हो।
आज २२४ कम्पनीको ४९ लाख ४४ हजार ०७६ कित्ता सेयर ३५ हजार ११२ पटकको कारोबारमा २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८४ रुपैयाँमा खरिदबिक्री भयो।
आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन।