काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ सय ८७ पिसिआर परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको छैन भने थप ८ संक्रमित संक्रमणमुक्त्त भएका छन् । हाल ५७७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।