Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

मतदान स्थगित हुने अवस्था आउन दिँदैनौं : आयुक्त थपलिया

मतदान स्थगित हुने अवस्था आउन दिँदैनौं : आयुक्त थपलिया

  • आइतवार, कार्तिक २० २०७९

  • 627
    SHARES

  • मतदान स्थगित हुने अवस्था आउन दिँदैनौं : आयुक्त थपलिया
    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी आयोग अघि बढेको बताउनुभएको छ ।
     
    मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आइतबार(आज) झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ठुलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताउनुभयो ।
     
    उहाँले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्त्व वा व्यक्तिलाई नियमसंगत कारबाही गरिने उल्लेख गर्नुभयो । उहाँले सोही कारण पुनः मतदान हुन नदिने स्थिति सिर्जना गराउन आयोग जुटेको बताउनुभयो ।
     
    कुनै पनि मतदाताले आफूलाई लोभ–लालच र धाकधम्कीका कारण मतदानमा अप्ठ्यारो स्थिति सिर्जना गरियो भन्ने गुनासो आउन नदिने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरहेको उहाँको भनाइ थियो ।
     
    प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताउँदै सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागि परेको बताउनुभयो ।
     


    आइतवार, कार्तिक २० २०७९०२:३४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij