काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर देशलाई फाइदा नहुने बताउनुभएको छ ।
आज पुर्वी नवलपरासीको कावासोती, डण्डामा आयोजित राप्रपाको चुनावीसभामा बोल्दै उहाँले पाँच पटक प्रधानमन्त्री हुँदा देशलाई केही गर्न नसकेका देउवालाई जति पटक प्रधानमन्त्री बनाए पनि देशलाई कुनै फाइदा नहुने टिप्पणी
गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्रीको परीक्षणमा देउवा पटकपटक असफल भइसकेको भन्दै आगामी मंसिर ४ गतेको निर्वाचनमा मत परिवर्तन गरेर राप्रपालाई विजयी गराउन आग्रह गर्नुभयो ।
माओवादी र कांग्रेसको गठबन्धनबाट देशले मुक्ति चाहेको र त्यसको नेतृत्व गर्न आफ्नो दल आएको बताउदै एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजाने दाबी गर्नुभयो ।