Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्याङ्जाका अपाङ्गता भएकालाई दुबइबाट २२ हजार सहयोग

स्याङ्जाका अपाङ्गता भएकालाई दुबइबाट २२ हजार सहयोग

  • आइतवार, भाद्र २१ २०७७

  • 1.8K
    SHARES

  • स्याङ्जाका अपाङ्गता भएकालाई दुबइबाट २२ हजार  सहयोग

    स्याङ्जा।स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ तल्लोगल्याङ निवासी देउमाया लोहोनीको परिवारलाई दुबइबाट २२ हजार रुपैया सहयोग रकम प्राप्त भएको छ ।

    उहाँका २६ वर्षका छो रा शैलेश लोहोनी र १९ वर्षीया छोरी अप्सरा लोहोनी जन्मैदेखि भिन्न क्षमता (अपाङ्गता) भएकाले उनीहरुका लागि सहयोग रकम प्रदान गरिएको रकम संकलनमा नेतृत्व गर्नुभएका गल्याङ ९, बेलचौरका लिलामणि खनालले बताउनुभयो ।

    रोजगारीको शिलशिलामा दुबइमा रहनु भएका खनालसहित १८ जनाले प्रदान गरेको रकम उनीहरुलाई केही दिन पहिले हस्तान्तरण गरिएको छ ।
    रकम प्रदान गर्नेहरुमा हाल दुबइमा रहनु भएका लक्ष्मी शर्मा (कावासोती), लिलामणि खनाल गल्याङ ९ बेलचौर, ओमप्रकाश खनाल, गल्याङ ९ जामुने, झपेन्द्र खनाल, पाल्पा, भोला न्यौउपाने, गल्याङ, नन्दु राना गल्याङ ९ गेझा, देबि न्यौउपाने, बलाम बेल्टारी, इश्वरी न्यौपाने, अर्बिनी गुल्मी, दिनेश न्यौउपाने अर्बिनी गुल्मी रहेका छन् ।

    त्यसैगरी गल्याङ नपाका यज्ञमुर्ति खनाल, केशब सुबेदी, कला गैह्रे, राजु भट्टराई, बसन्ती बस्याल, दिपा सुवेदी, मिर्मिका अग्निधर भटटराई, रुपन्देही सितलनगरका डिलाराज पान्डेले पनि सो परिवारलाई सहयोग रकम प्रदान गर्नु भएको हो ।

    उहाँहरु सवैबाट संकलन गरिएको कुल २२ हजार नौ सय ५९ रुपैया संकलन भएको पनि लिलामणी खनालले जानकारी दिनुभयो ।

     

     

     


    आइतवार, भाद्र २१ २०७७०९:४८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij