Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

  • आइतवार, भाद्र २१ २०७७

  • 1.0K
    SHARES

  • थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ का ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको हो ।

    कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो । ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो ।

    यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै १२ जना छन् ।

     

     


    आइतवार, भाद्र २१ २०७७०९:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij