Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

हिमालय एयरको भैरहवा-मलेसिया दैनिक उडान सुरु

हिमालय एयरको भैरहवा-मलेसिया दैनिक उडान सुरु

  • बिहिवार, कार्तिक १७ २०७९

  • 625
    SHARES

  • हिमालय एयरको भैरहवा-मलेसिया दैनिक उडान सुरु

    काठमाडौ
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले पनि व्यावसायिक उडान थालेको छ । जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने हिमालय दोस्रो कम्पनी बनेको छ ।

    मलेसियाको क्वालालम्पुर विमानस्थलबाट भैरहवा अवतरण गरेको हिमालय एयरलाइन्सको पी३२०जहाज आज १३५ यात्रुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुरका लागि पठाईएको हो । हिमालयले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौंबाट भैरहवा लगिएको थियो ।

    अहिले दैनिक चार्टड उडान थालेको र यो परीक्षण सफल भएमा हिमालयले सेड्युल उडान थाल्ने हिमालय एयरलाइन्सले जनाएको छ ।


    बिहिवार, कार्तिक १७ २०७९०४:४१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij