Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चितवनमा गरिएको परिक्षणमा ३४ जना कोरोना संक्रमित थपिए

चितवनमा गरिएको परिक्षणमा ३४ जना कोरोना संक्रमित थपिए

  • आइतवार, भाद्र २१ २०७७

  • 931
    SHARES

  • चितवनमा गरिएको परिक्षणमा ३४ जना कोरोना संक्रमित थपिए

    चितवन । चितवनमा कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यहाँ गरिएको परिक्षणमा थप ३४ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।
    संक्रमितहरू १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म छन् ।

    भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण पुष्टि भएको छ । चितवनकै राप्ती २ का ३४ वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।

    यस्तै, नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

     


    आइतवार, भाद्र २१ २०७७०६:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij