Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

भारतले नेपाललाई दियो २०० वटा गाडी उपहार

भारतले नेपाललाई दियो २०० वटा गाडी उपहार

  • मंगलवार, कार्तिक १५ २०७९

  • 477
    SHARES

  • भारतले नेपाललाई दियो २०० वटा गाडी उपहार

    काठमाडौं । भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।

    नेपालमा आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।

    मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् ।

    भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।

     


    मंगलवार, कार्तिक १५ २०७९०२:२८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij