Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, ओलीसँग लाइभ डिबेट गर्न सकिने

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, ओलीसँग लाइभ डिबेट गर्न सकिने

  • मंगलवार, कार्तिक १५ २०७९

  • 776
    SHARES

  • एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, ओलीसँग लाइभ डिबेट गर्न सकिने
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न निर्वाचनको चुनावी घोषणापत्र मंगलवार(आज) सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आज दिउँसो साढे १ बजे होटेल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिनुभयो । 
     
    त्यस क्रममा उहाँले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताउनुभयो । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।  
     
    मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरूले आफ्ना घोषणापत्रमार्फत जनतामाझ प्रतिबद्धता जनाउने गरेका छन् । यद्यपि घोषणापत्र कार्यान्वयनको पक्ष भने अत्यन्त फितलो रहँदै आएको भन्दै जनतामाझ आलोचना हुने गरेको छ ।
     


    मंगलवार, कार्तिक १५ २०७९०६:३४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij