Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘कोरोना संक्रमित र मृतककोे ठेगाना सार्वजनिक नगर’ : सर्वोच्च

‘कोरोना संक्रमित र मृतककोे ठेगाना सार्वजनिक नगर’ : सर्वोच्च

  • शनिवार, भाद्र २० २०७७

  • 1.3K
    SHARES

  • ‘कोरोना संक्रमित र मृतककोे ठेगाना सार्वजनिक नगर’ : सर्वोच्च

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको ठेगाना सार्वजनिक रुपमा प्रकाशित नगर्न–नगराउन सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको छ ।

    वैयक्तिक विवरण सार्वजनिक गर्दा जोखिममा रहेका वर्गहरुमाथि हुनसक्ने गलतकार्यबाट जोगाउन र समाजमा गलत सूचना जानबाट रोक्न अत्यावश्यक रहेकाले संक्रमित तथा मृतकको व्यक्तिगत विवरण सार्वजनिक गर्न नहुने सर्वोच्चको फैसलामा उल्लेख छ ।

    सर्वोच्चले सरकारका नाममा जारी गरेको परमादेशमा ‘विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिकाहरुलगायतका सञ्चारमाध्यममा कोभिड–१९ का संक्रमित व्यक्तिहरुको सहमति बेगर व्यक्तिगत पहिचान खुल्ने विवरणहरु छाप्ने वा सार्वजनिक गर्ने कार्य बन्द गर्नु÷गराउनु’, भनिएको छ ।

    अधिवक्ताहरु रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेले दायर गरेको रिट–निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । फैसला गत साउन २१ गते भए पनि त्यसको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

     


    शनिवार, भाद्र २० २०७७०२:०९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij