Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजारमा दोहोरो अंकको सुधार

  • सोमवार, कार्तिक १४ २०७९

  • 520
    SHARES

  • सेयर बजारमा दोहोरो अंकको सुधार

    काठमाडौं । तिहार र छठ पछि खुलेको सेयर बजारमा पहिलो दिन नै दोहोरो अंकको वृद्धि आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार परिसूचक नेप्से १६.३९ अंकले बढ्दै १८७४.८७ अंकमा उक्लिएको हो ।

    यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.९३ अंकले बढ्दै ३७०.८६ अंकमा उक्लिएको छ ।

    आज डेभलपमेन्ट बैंक समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचक धनात्मक भएका छन् । आज होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी १.६५ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, ट्रेडिङ समूह १.१४ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १.५९ प्रतिशतले बढेको छ ।

    नेप्से सूचक १६ अंकमाथिले बढेको बजारमा आज कुल ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर कारोबार भएको छ ।


    सोमवार, कार्तिक १४ २०७९०५:४४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij