Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोना संक्रमणका कारण एकैदिन १ हजार ६६ जनाको मृत्यु

भारतमा कोरोना संक्रमणका कारण एकैदिन १ हजार ६६ जनाको मृत्यु

  • शनिवार, भाद्र २० २०७७

  • 1.4K
    SHARES

  • भारतमा कोरोना संक्रमणका कारण एकैदिन १  हजार ६६ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण विश्वमै सबैभन्दा धेरै मृत्यु भारतमा भएको छ । भारतमा कोरोना संक्रमणका कारण एक हजार ६६ जनाले ज्यान गुमाएका छन् । यस बीचमा त्यहाँ ८७ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा नौ सय ८६, ब्राजिलमा आठ सय जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभर पाँच हजार पाँच सय ६३ जनाको मृत्यु भएको छ भने दुई लाख ९० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

    अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ लाख ७८ हजार ८३ पुगेको छ भने संक्रमितको संख्या दुई करोड ६७ लाख ७३ हजार पाँच सय १९ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये एक करोड ८८ लाख ८९ हजार भन्दा धेरै निको भएका छन्।


    शनिवार, भाद्र २० २०७७०९:४२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij