Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गोरखामा पृथ्वीनारायण शाहको शालीक बनाउने प्रचण्डको सपना

गोरखामा पृथ्वीनारायण शाहको शालीक बनाउने प्रचण्डको सपना

  • आइतवार, कार्तिक १३ २०७९

  • 1.5K
    SHARES

  • गोरखामा पृथ्वीनारायण शाहको शालीक बनाउने प्रचण्डको सपना

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताउनुभएको छ।

    आइतबार गोरखामा आयोजित कार्यक्रममा उहाँले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुश गरेको बताउनुभयो ।

    ‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उहाँले भन्नुभयो, एक ढंगले यहाँ आउँदा रिल्याक्स फिल गरेको छु ।’

    प्रचण्डले आफू निश्चित सपना बोकेर गोरखा आएको भन्दै अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताउनुभयो। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा–२ बाट यसअघि निर्वाचित नेता डा. बाबुराम भट्टराईप्रति प्रचण्डले कृतज्ञता व्यक्त गर्नुभयो ।

    ‘सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु’ प्रचण्डले भन्नुभयो । प्रचण्डले गोरखामा पृथ्वीनारायण शाहको शालीक निर्माण गर्ने पनि बताउनु भएको थियो ।

     


    आइतवार, कार्तिक १३ २०७९०२:१३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij