रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमित महिला र अर्का एक पुरुष रहेका छन् ।
गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल ११ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो ।
यसैगरी, आज बिहान नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । ती महिला भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई पनि श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याएर जाँच्दा पाजिटिभ आएको डा थापाले बताउनुभयो । गएरातिबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
दुवै जनामा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. थापाले जानकारी दिनुभएको छ ।