काठमाडौ । नेपालमा कोभिड १९ (कोरोना भाइरस)को नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।
तिहार, छठजस्ता चाडपर्वमा संक्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको हो। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको र उक्त भाइरस फैलिनसक्ने भन्दै माक्स लगाउने, बेलाबेलामा साबुन पानीले हात धुने लगायतका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताउनुभयो ।
उहाँका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका संक्रमितबाट नमूना सङ्कलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबिबी’ पत्ता लागेको हो।