Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाँचवर्ष गठबन्धन दल एकैठाउँमा उभिनैपर्छ : गगन थापा

पाँचवर्ष गठबन्धन दल एकैठाउँमा उभिनैपर्छ : गगन थापा

  • बुधवार, कार्तिक ९ २०७९

  • 662
    SHARES

  • पाँचवर्ष गठबन्धन दल एकैठाउँमा उभिनैपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दलीय गठबन्धन बनाएर चुनावमा गइसकेपछि कम्तिमा ५ वर्ष मतदातालाई धोखा दिन नहुने बताउनुभएको छ ।

    नेपाली कांग्रेस ओखलढुंगा काठमाडौं सम्पर्क समितिले बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले गठबन्धन दलहरु कम्तिमा ५ वर्ष एक ठाउँमा उभिनै पर्ने बताउनुभयो ।

    महामन्त्री थापाले भन्नुभयो, ‘हामी एक ठाउँमा आउने स्थिति कसले बनायो जनतालाई बुझाउनुपर्छ । निर्वाचनअघि सँगै उभिएपछि ५ वर्षलाई मत मागेपछि ५ वर्ष मत हाल्ने मतदातालाई धोका दिन पाइँदैन,कसैको सनक,व्यक्तिगत आग्रह, महत्त्वाकाङ्क्षा पूरा भएन भनेर गठबन्धनभित्रका दलहरूलाई दायाँ बायाँ फर्किने हक छैन ।’

    थापाले अब संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको र स्थानीय तहमा पनि दुई सरकार गठबन्धन दलहरुकै रहेकाले अब काम गरेर देखाउने चुनौती आएको बताउनुभयो ।


    बुधवार, कार्तिक ९ २०७९०५:४५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij