Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशको पहाडी भू–भागमा आंशिक बदली, यस्तो हुनेछ आजको मौसम    

देशको पहाडी भू–भागमा आंशिक बदली, यस्तो हुनेछ आजको मौसम    

  • सोमवार, कार्तिक ७ २०७९

  • 550
    SHARES

  • देशको पहाडी भू–भागमा आंशिक बदली, यस्तो हुनेछ आजको मौसम    
    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबार(आज) बिहान प्रदेश–१ र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ ।
     
    विभागका अनुसार आज दिउँसो प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश–१, मधेस प्रदेशका साथै वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।  
     
    आज राति प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।  
     
    हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै, पूर्वी नेपालमा बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र ‘सित्रगं’ को अप्रत्यक्ष आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 


    सोमवार, कार्तिक ७ २०७९०६:१७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij