Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कतारबाट आज १४२ नेपाली स्वदेश फर्किए

कतारबाट आज १४२ नेपाली स्वदेश फर्किए

  • शुक्रवार, भाद्र १९ २०७७

  • 2.1K
    SHARES

  • कतारबाट आज १४२ नेपाली स्वदेश फर्किए

    काठमाडौं । कतारको दोहाबाट आज १४२ नेपाली स्वदेश फर्किएका छन् ।

    कोरोना भाइरस (कोभिड –१९ )बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कन पर्ने अवस्थाका नेपालीहरु दूतावासको समन्वयमा स्वदेश फर्किएका हुन् ।

    उनीहरु दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको एच ५६३२ को उडानबाट फर्किएको राजदूतावासले आज विज्ञप्ति जारी गर्दै बताएको छ । जसमा सात महिला र बाँकी पुरुष रहेका छन् । कतारबाट हालसम्म ६ हजार ५२६ नेपाली स्वदेश फर्किइसकेका छन् ।

    त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरेपछि हिमालय एयरलाइन्सले सहजै पिसिआर उपलब्ध गन्तव्य रहेका क्वालालम्पुर र आबुधाबीका उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ ।

    पिसिआर परीक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डहरुमा सरकारको निर्णयअनुरुप चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।

    यसैबीच, बहराइनबाट बिदामा नेपाल फर्किएका नेपाली पुनः उतै फर्कन पाउने भएका छन् ।

    बिदा मनाउन बहराइनबाट नेपाल फर्किएका धेरै नेपाली कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाइ उडान स्थगित भएका कारण नेपालमै रोकिएका छन् ।

    हवाइ उडानहरु सुरुहुन लागेपछि पुनः रोजगारीमा बहाल हुन बहराइन फर्किन इच्छुकहरुको तथ्यांक दूतावासले संकलन गर्दै आएको छ ।
    हालसम्म इमेलमार्फत दूतावासमा सम्पर्कगरी बहराइन फर्कन चाहने २११ नेपालीको सूची दूतावासले सार्वजनिक गरेको छ ।

     


    शुक्रवार, भाद्र १९ २०७७०३:५१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij