काठमाडौं । नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४३५ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट ३६३ नमुनाको परीक्षण गरिएको थियो । त्यसक्रममा भने संक्रमण देखिएन ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८७ हजार ६८२ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७१६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।