Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डेंगीका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

डेंगीका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

  • शनिवार, कार्तिक ५ २०७९

  • 519
    SHARES

  • डेंगीका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

    काठमाडौं । पछिल्लो समय नेपालमा डेंगी संक्रमणका कारण मृत्यु हुनेको संख्या थपिँदै गएको छ ।

    डेंगीका कारण यो वर्षको साउनयता हालसम्म ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ ।

    डेंगी रोग हाल सात प्रदेशका ७७ वटै जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ४३ हजार ६८५ जना डेंगी संक्रमित भएका छन् । हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।

    डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।


    शनिवार, कार्तिक ५ २०७९०५:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij