Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रुपन्देहीमा एकैदिन कोरोनाका कारण तीन जनाको मृत्यु

रुपन्देहीमा एकैदिन कोरोनाका कारण तीन जनाको मृत्यु

  • शुक्रवार, भाद्र १९ २०७७

  • 868
    SHARES

  • रुपन्देहीमा एकैदिन कोरोनाका कारण तीन जनाको मृत्यु

    रुपन्देहीमा आज (शुक्रबार) बिहान थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहिले जनाए अनुसार दुई जनाको बुटवलमा र एक जनाको भैरहवास्थित घरमै मृत्यु भएको हो ।

    बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत् ६४ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिका- ७ की महिला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ४ गते अस्पताल भर्ना भएकोमा उनमा उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या देखिएको थियो । कोरोनाको समेत आशंकामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो ।

    आलमका अनुसार स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार बिहान साढे आठ बजे मृत्यु भएको हो । यस्तै सिद्धार्थनगर-८ का ४५ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार कोरोना संक्रमण सँगै मिर्गौलाका बिरामी उनको शुक्रबार बिहान घरमै मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचार गरी भैरहवा आएका उनको बिहान मिर्गौलाको डायलासिस गर्न जाने तयारी गर्दैगर्दा मृत्यु भएको शाहले जानकारी दिनुभयो । यता बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल-८ मिलन चोक निवासी उनी ९ दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत् थिए । उच्च रक्तचापको समेत समस्या रहेका उनको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो । यो सँगै रुपन्देहीमा शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।


    शुक्रवार, भाद्र १९ २०७७१२:०३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij