Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘पीसीआर नेगेटिभ, जीवन पोजेटिभ’

‘पीसीआर नेगेटिभ, जीवन पोजेटिभ’

‘समाजमा राम्रो हुनलाई पनि पीसीआर नेगेटिभ देखाउनैपर्छ’
  • शुक्रवार, भाद्र १९ २०७७

  • 1.6K
    SHARES

  • ‘पीसीआर नेगेटिभ, जीवन पोजेटिभ’

    काठमाडौं । पृथ बयलकोटी दैलेखको रेडियो ज्वालाका स्टेशन म्यानेजर हुन् । जो, नोवेल कोरोना भाइरसबाट हुने कोभिड १९ पीडित हुन्, यो समयमा । उनी विगत ११ दिनदेखि स्थानीय सरकारद्वारा निर्मित होल्डिङ्ग सेन्टरमा बसिरहेका छन् । गत ९ भदौमा परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएका बयलकोटी पछिल्लो पटक सरकारले फलाकेको कदमसँग असन्तुष्ट भएको बताउँछन् ।

    सरकारले संक्रमित भनिएका व्यक्तिमा कुनै ठूलै खालको समस्या नदेखिएको खण्डमा स्वास्थ्य निर्देशिकालाई नै संशोधन गरी यत्तिकैपनि घर पठाउन सकिने भनेर असान्दर्भिक कदम अगाडि बढायो । स्वास्थ्य मन्त्रालयको उक्त निर्देशिका विरुद्ध केही दिन त जनस्तरबाट आलोचना पनि भएको थियो ।

    ‘पीसीआरमा नेगेटिभ देखिनु समाजमा आफू पोजेटिभ देखिनु हो’

    कोभिडकै सन्दर्भमा पछिल्लो समय यस्तो धेरै दर्दनाक घटनाहरु बाहिरिए । जहाँ, कोरोना पोजेटिभको ट्याग भिरेका धेरैलाई घरबाट निकाल्ने हर्कत मात्रै गरिएन, गाउँले नै भेला भएर होडबाजीले चुट्ने अमर्यादित काम पनि गरियो ।

    यसको एउटा प्रतिनिधि घटनाको रुपमा केही हप्ता अगाडि संघीय राजधानी भनिएको नयाँबानेश्वरमा स्थानीय मिलेर संक्रमित स्वास्थ्यकर्मीविरुद्ध गरेको दुर्व्यवहारलाई लिन सकिन्छ ।

    यस्ता घटनाहरुलाई निराकरण गर्नकै लागि पनि आइसोलेटेड गरिएको सबैको परीक्षण अनिवार्य हुनुपर्ने बयलकोटीको माग छ । “पीसीआर नेगेटिभ देखिनु आफ्नो स्वास्थ्य मात्रै राम्रो छ भन्नुको दस्तावेज मात्रै होइन । समाजमा आफ्नो धरातल कायम गर्नु पनि हो ।” पत्रकार बयलकोटी भन्छन्, ‘समाजले कहाँ यत्तिकै स्वीकार्छन् र ? स्वीकार्लान् तर स्वीकार्ने परिदृश्य फरक हुन्छ ।’

    ‘कोभिडको हवाला, पहुँचवालाको रजाइँ’

    पत्रकार बयलकोटी कोभिडको हवाला दिएर राज्यको अर्थतन्त्रमा पहुँचवालाले गरेको दोहनसँग पनि आपत्ति जनाउँछन् ।

    गरिबहरु बिनापरीक्षण क्वारेन्टिन तथा आइसोलेशनहरुबाट छुट्दै गर्दा धनी र पहुँचवालाहरुको घरैमा गएर स्वाब लिने गरिएको असम्प्रेषित जानकारीसँग आफू दुखेको सुनाएका बयलकोटी भन्छन्, ‘यहाँ न जनस्वास्थ्य मापदण्डको पालना भएको देखिन्छ । न सरकार आफ्नै निर्देशिका मान्छ । यहाँ त शक्ति र रवाफकै भरमा सबै चल्यो । कोभिडको हवाला दिएर सबै काम सिद्ध्याइयो ।’

    ‘पहुँचवालाको परीक्षण चाँडो, गरिब सरकारलाई घाँडो’

    त्यसो त पहुँचवालाहरुको घर–घरमै पुगेर स्वाब संकलन गरिएको दर्जनौं फट्याइँहरु पनि यदाकदा भेटाइन्छ । तर, यो पनि कटु सत्य होकि जो गरिब छ, जो निमुखा हो उसको त सरकारले आइसोलेशन सेन्टरबाट छुट्ने बेलासम्म एक पटक पनि गर्दैन ।

    बयलकोटी थप्छन्, ‘यहाँ त पहुँचवालाहरु मात्रै सर्वेसर्वा हुन्छन् । पहुँचवालाहरुको घरै पुगेर परीक्षण हुन्छ । तर गरिबहरुको क्वारेन्टिन छाड्ने बेलासम्म पनि सरकार दुविधामा हुन्छ । गर्ने कि नगर्ने भनेर । धेरै टाढा किन जाने, दुई दिनअघि मात्रै पनि यहाँबाट केही संक्रमित बिनापरीक्षण छुटे । सामान्य लक्षण समेत देखिएका उनीहरुलाई केही दिनपछि आफैँ ठीक हुन्छ भनेर पठाइयो ।’

    ‘के कोरोनाले धनीलाई मात्रै मार्छ ?’

    सरकारको यी कदमहरुलाई नियाल्ने हो भने कोरोनाले धनी, पहुँचवाला र राजनीतिक वृतमा केही रवाफ साँच्नेलाई मात्रै लान्छ कि भनेर भ्रममुग्ध भइन्छ ।

    तर आफूले यस्तै यही कथावत् जस्तै सिनारियो पाएको बयलकोटी बताउँछन् । ‘मैले पनि धनीहरुको मात्रै दोहोर्याई तेहेर्याई पीसीआर परीक्षण गरिएको देखेको छु । हिजो अस्ति मात्रै यहाँबाट खोकी लाग्ने, ज्वरो आउनेलगायतका समस्या भएका केही संक्रमितलाई उसै पठाइयो । किनकी, उनीहरु नाजुक देखिन्थे ।’

    यस्तै उनले सरकारले अझ गरिबहरुको हेरचाह राम्रोसँग गर्नुपर्ने बताउँछन् ।

    ‘सरकारको निर्देशिका र कामको मेल कहिले ?’

    सरकारले कोरोना संक्रमण भई १४ दिन सम्म आइसोलेशनमा राखिएकालाई कुनै लक्षण नदेखिए पीसीआर टेष्ट नगरी घर पठाउन सक्ने गरी निर्देशिका जारी गरेको थियो । उक्त निर्देशका विरुद्ध केही हदसम्म आलोचना पनि भयो । तर सरकारले त्यही निर्देशिका बमोजिम समेत काम नगरेको पाइएको छ ।

    स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार १० अवस्थाका व्यक्तिले कोरोना परीक्षण गराउनुपर्नेछ । कोभिड–१९ को लक्षण (ज्वरो, खोकी, सास फेर्न गाह्रो, स्वाद तथा गन्ध थाहा नपाउने, झाडापखाला) लगायत थुप्रै समस्या भएकाहरु पीसीआर गराउनुपर्ने कोटामा अटाउन पुग्छन् ।

    तर, दैलेखसँगै मुलुकका अधिकांश कोभिड क्वारेन्टिन तथा आइसोलेशनबाट यी सबै समस्या बोकेकाहरुलाई पनि यत्तिकै पठाउने गरिएको पाइएको छ ।

    पत्रकार बयलकोटीले भने, ‘यहाँ लक्षण देखिएका कतिपय केशहरुलाई समेत यत्तिकै छोडिएको देखिन्छ । यो त स्वास्थ्य मन्त्रालयको निर्देशिकलाई नै मात दिने कदम भयो ।’

    ‘पीसीआर नेगेटिभ भएपछि मात्रै घर पठाऔं’

    सरकारले पछिल्लोपटक निर्देशिकालाई सच्याउने ठाउँ राख्दै भन्यो–‘समस्या देखिएको छैन भने यत्तिकै पनि पठाउँदा हुन्छ ।’ त्यसो त सरकारको उक्त कदमसँग थुप्रेको असहमति भएको प्रष्टै देखिन्छ ।

    यही गह्रामा उभिएका बयलकोटी भन्छन्, ‘सरकारले क्वारेन्टिन बसेका सबैको परीक्षण गर्नैपर्छ । त्यसपछि नेगेटिभ देखिएपछि मात्रै फर्काउनुपर्छ ।’ पत्रकार बलयकोटीले सरकारले कोरोना निन्त्रणको नाममा करोडौं रकम खर्चेपनि त्यसको लाभ पहुँचवालाहरुले मात्र लिएका पाएका बताए ।

    ‘सरकारले करोडौं रकम कोरोना नियन्त्रणको नाममा खर्चेको छ ।’ उनी भन्छन्, ‘राज्यकोषबाट निकासा भएको रकम कत्तिको सही ठाउँमा खर्च भइरहेको छ, यसबारे सरकारले ध्यान पुर्याउनुपर्छ ।’

     

     

     


    शुक्रवार, भाद्र १९ २०७७११:३९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij