Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव

दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव

  • बिहिवार, कार्तिक ३ २०७९

  • 403
    SHARES

  • दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव

    काठमाडौं । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ ।

    चिकित्सकले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको बताएका छन्, तर बिरामीका आफन्तले चिकित्सकीय लापरबाही भन्दै विरोध गरेका छन् ।

    मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी भएको थियो । ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तय भएको थियो ।

    अस्पताल स्रोतका अनुसार मिर्गौला प्रत्यारोपण सर्जन डा। पारसमणि श्रेष्ठ र डा। अनिल श्रेष्ठले गर्दै थिए । उनीहरु दुवै वीरमा मिर्गौला प्रत्यारोणका लागि अनुमति पाएका चिकित्सक हुन् ।

    अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो । ‘प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो देखिएको थियो ।

    अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन् ।

    बिरामीका आफन्तले घटनाको जानकारी नदिएको भन्दै चिकित्सकले लापरवाही गरेको आरोप लगाएका छन् । चिकित्सकको टिम शल्यक्रिया कक्षबाट बाहिरिएको केहीबेरपछि मात्रै बिरामीका आफन्तले मिर्गौला प्रत्यारोपण नभएको थाहा पाएका थिए । त्यसपछि आक्रोशित बिरामीका आफन्तले अस्पतालका निमित्त प्रमुख डा. बस्नेतलाई मंगलबार राति १२ बजेसम्म कार्यकक्षमै रोकेर राखेका थिए ।

     


    बिहिवार, कार्तिक ३ २०७९०२:०८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij