Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो ?

अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो ?

  • बिहिवार, कार्तिक ३ २०७९

  • 637
    SHARES

  • अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो ?

    काठमाडौं । नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ ।

    त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । पछिल्लो तीन महिनायता डलरको भाउ बढ्दो क्रममा छ । डलरको भाउ हिजो १ सय ३२ रुपैयाँ ८ पैसा थियो । त्यसमा बढेर आज अहिलेसम्मकै उच्च भएको हो ।

    विश्वका लगानीकर्ता डलर खरिदमा आकर्षित हुँदा भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर भएको हो । डलर बढ्दा आयातित सामानको मूल्य बढ्न जान्छ । जसको प्रभावले देशको व्यापार घाटा र समग्रमा महँगी बढ्न जान्छ ।

    भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।

    डलरको भाउ उच्च हुँदा नेपालको वैदेशिक व्यापार घाटा झनै बढ्नेछ । तर रेमिट्यान्स पठाउनेहरुलाई यो समय उपयुक्त हुने अर्थविद्ले बताएका छन् ।


    बिहिवार, कार्तिक ३ २०७९०७:४५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij