Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्से दोहोरो अंकले घट्यो, ६४ करोडको कारोबार

नेप्से दोहोरो अंकले घट्यो, ६४ करोडको कारोबार

  • बुधवार, कार्तिक २ २०७९

  • 801
    SHARES

  • नेप्से दोहोरो अंकले घट्यो, ६४ करोडको कारोबार
    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार(आज) बजार परिसूचक नेप्से १२.८१ अंक (०.६९ प्रतिशत) ले गिरावट भएर १८४५.५१ अंकमा बन्द भएको छ ।
     
    आज ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स पनि २.६६ अंकले गिरावट भएर ३६२.९६ अंकमा बन्द भएको छ । आज नेप्सेमा होटेल तथा पर्यटन र म्युचुअल मण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।
     
    अघिल्लो कारोबार दिन ५१ करोडको कारोबार भएको बजारमा आज केही बढेको छ । आज बजारमा २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच हुँदा ६४ करोड ३६ लाख ८ हजारको कारोबार भएको छ ।
     
    जसमध्ये सोल्टी होटेलको सर्वाधिक ३ करोड ७२ लाख १३ हजारको कारोबार भएको छ । यस्तै नबिल बैंकको २ करोड ४१ लाख ५१ हजार र रिडी हाइड्रोपावरको २ करोड ३३ लाख २० हजारको कारोबार भएको छ ।
     
    आज कुल १८३ कम्पनीको शेयर कारोबार हुँदा १५८ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २३ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको शेयर मूल्य स्थिर छ ।
     
    आज अभियान लघुवित्तको शेयर मूल्य १० प्रतिशत र सयपत्री हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटिजन्स म्युचुअल मण्ड २ को इकाई मूल्य ९.९४ प्रतिशतले वृद्धि भएको छ । 
     
    यता पिपुल्स पावरको शेयर मूल्य ७.४७ प्रतिशतले वृद्धि गिरावट हुँदा सामलिङ पावरको शेयर मूल्य ६.१३ प्रतिशत र वीन नेपाल लघुवित्तको शेयर मूल्य ५ प्रतिशतले गिरावट भएको छ ।
     


    बुधवार, कार्तिक २ २०७९०४:०४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij