Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य प्रवक्ता गौतमको अभिव्यक्तिप्रति आयुर्वेद समाजको आपत्ति, फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी

स्वास्थ्य प्रवक्ता गौतमको अभिव्यक्तिप्रति आयुर्वेद समाजको आपत्ति, फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी

  • बिहिवार, भाद्र १८ २०७७

  • 6.2K
    SHARES

  • स्वास्थ्य प्रवक्ता गौतमको अभिव्यक्तिप्रति आयुर्वेद समाजको आपत्ति, फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी

    काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले आयुर्वेदिक उपचार पद्धतिमाथि घात पुग्ने अभिव्यक्ति दिएको भन्दै नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले गम्भीर आपत्ति प्रकट गरेको छ ।

    समाजले तथ्यहिन र भ्रमपूर्ण वक्तव्य तत्काल फिर्ता लिन मन्त्रालयलाई आग्रह गर्दै अन्यथा आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई आयुर्वेदका नाममा विभिन्न औषधि सेवन गर्न लगाइएकोले त्यस्ता औषधिको मौत्र भर पर्न नहुने आग्रह गरेका थिए।

    एक टेलिभिजन अन्तर्वार्तामा उनले आयुर्वेदका नाममा पीसीआर जाँच लगायतको विरोध गर्ने समूह सरकारकाविरद्ध हात धोएर लागिरहेकोले त्यस्ता व्यक्तिहरुलाई च्याप्प समातेर थुन्दै जनताको जीवन बचाउन लाग्नुपर्ने बताएका थिए।

    गौतमको उक्त भनाईप्रति आयुर्वेद स्वास्थ्यकर्मी समाजले गम्भीर आपत्ति प्रकट गर्दै अभिव्यक्ति तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

    नेपालको संविधान–२०७२ को भाग ४, धारा ५१(ज)को नागरिकका आधारभुत आवश्यकता सम्बन्धी नीति (७)मा नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने, र धारा ५१(ज)को (९)मा स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिंदै जाने भन्ने उल्लेख छ ।

    ‘यसरी संविधानमा उल्लेखित व्यवस्थालाई लागु गराउनुको सट्टा देशको समग्र स्वास्थ्य क्षेत्र हेर्ने सर्वोच्च निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट संचार माध्यम मार्फत तथ्यहिन तथा भ्रमपूर्ण वक्तव्य आउनु अत्यन्त दुःखद र विधा माथिकै प्रहार भएकोप्रति यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ’, समाजका अध्यक्ष देवराज लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

    ‘साथै प्रवक्ता जस्तो व्यक्तिले तथ्यमा आधारित भइ अभिव्यक्ति दिन आग्रह गर्दै तत्काल आफ्ना गलत भनाइलाई फिर्ता लिन तथा तथ्य कुरा प्रष्ट पार्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा यस समाज चरणवद्ध आन्दोलनमा जाने र त्यसबाट पर्न जाने समग्र क्षतिको जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वयं हुने व्यहोरा जानकारी गराउदछौँ ।’

    समाजले कोभिड–१९ को उपचार तथा रोग प्रतिरक्षा शक्ति बृद्धि गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तयार गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्साको उपचार प्रोटोकल अनुसार देशव्यापी रुपमा बिना प्रोत्साहन भत्ता अहोरात्र क्वारेन्टिन तथा आइसोलेशनमा गइ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिको प्रयोग वाट उपचारमा संलग्न आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति सम्मान समेत व्यक्त गरेको छ।

    118728126_2471678283125652_5934387022783055968_n.jpg


    बिहिवार, भाद्र १८ २०७७०९:१२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij