Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिए,१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिए,१ जनाको मृत्यु

  • सोमवार, आश्विन ३१ २०७९

  • 388
    SHARES

  • पछिल्लो २४ घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिए,१ जनाको मृत्यु

    काठमाडौं । नेपालमा डेंगुका संक्रमितको संख्या ४० हजार नाघेको छ ।

    गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु संक्रमितको संख्या ४० हजार २९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

     


    सोमवार, आश्विन ३१ २०७९०४:४३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij