काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रिय सभा सदस्य गौतम सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो।