Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

देशको पश्चिमी पहाडी भेगमा वर्षाको सम्भावना, यस्तो रहने छ आजको मौसम

देशको पश्चिमी पहाडी भेगमा वर्षाको सम्भावना, यस्तो रहने छ आजको मौसम

  • सोमवार, आश्विन ३१ २०७९

  • 530
    SHARES

  • देशको पश्चिमी पहाडी भेगमा वर्षाको सम्भावना, यस्तो रहने छ आजको मौसम
    काठमाडौं । अहिले देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
     
    आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 
     
    आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
     
    भोलि मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 
     
    यस्तै, कार्तिक ०२ गते बुधबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार देशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


    सोमवार, आश्विन ३१ २०७९०६:२८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij