Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

तरुण दललाई देउवाको निर्देशन : कांग्रेस उम्मेदवारलाई जिताउन लाग्नु

तरुण दललाई देउवाको निर्देशन : कांग्रेस उम्मेदवारलाई जिताउन लाग्नु

  • आइतवार, आश्विन ३० २०७९

  • 443
    SHARES

  • तरुण दललाई देउवाको निर्देशन : कांग्रेस उम्मेदवारलाई जिताउन लाग्नु
    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई जिताउने गरी निर्वाचन प्रचारमा लाग्न तरुण दललाई निर्देशन दिनुभएको छ । उहाँले पार्टीको युवा संगठन तरुण दलका सभापति विद्वान गुरुङलाई पार्टीलाई जिताउन निर्देशन दिनुभएको हो ।
     
    आइतबार(आज) प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले  युवाहरूलाई व्यवस्थित ढंगले परिचालन गर्न निर्देशन दिनुभयो । भेटमा तरुण दलका सभापति गुरुङले नजिकिँदै गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण तरुण शक्ति परिचालित गर्ने देउवासँग प्रतिबद्धता जनाउनुभएको थियो । 
     
    तरुण सभापति गुरुङले केही दिनभित्रै आफू देश दौडाहामा निस्किने र हरेक निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवार जिताउन रणनीतिसहित अघि बढ्ने देउवालाई जानकारी गराउनुभएको थियो । 
     
     
     


    आइतवार, आश्विन ३० २०७९०२:४२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij