Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बिरामीको उपचारमा त्रुटि गरेको भन्दै १७ जना चिकित्सकलाई कारबाही

बिरामीको उपचारमा त्रुटि गरेको भन्दै १७ जना चिकित्सकलाई कारबाही

  • शुक्रवार, आश्विन २८ २०७९

  • 442
    SHARES

  • बिरामीको उपचारमा त्रुटि गरेको भन्दै १७ जना चिकित्सकलाई कारबाही

    काठमाडौं । बिरामीको उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले पछिल्ला दुई वर्षमा १७ जना चिकित्सकलाई कारबाही गरेको छ ।

    मेडिकल काउन्सिलको तथ्यांक अनुसार पछिल्ला दुई वर्षमा ६६ जनाविरुद्ध उजुरी परेको थियो । काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार अझै छानबिनमा क्रममा ४४ वटा उजुरीहरु छन् ।

    उजुरी परेका ५ केसहरु काउन्सिलले कारबाही गरिरहनु नपर्ने ठहर गरेको छ । काउन्सिलका रजिष्ट्रार अधिकारीका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा काउन्सिलमा ४६ वटा उजुरी थियो । यस्तै, काउन्सिलमा चालु आर्थिक वर्ष अर्थात आव २०७९–८० मा २० वटा उजुरी परेको थियो ।

    उनका अनुसार कारबाही गरिएका चिकित्सकलाई उपचारमा भएको त्रुटिका आधारमा एक वर्षसम्म खास सेवा प्रदान गर्न रोकदेखि तीन महिनासम्म निलम्बन गरिएको छ ।

    ‘काउन्सिलमा पर्ने उजुरी चिकित्सकको गम्भीर लापरवाही तथा बिरामीलाई राम्रोसँग नहेरिएको भन्ने लगायतका विषयवस्तु हुने गर्छन् । त्यसमा उजुरीकर्ताले डाक्टरमाथि कारवाही र क्षतिपूर्तिको कुरा उल्लेख गरिएको हुन्छ,’ डा. अधिकारीले भन्नुभयो, ‘उजुरी परेपछि विषय वस्तुको अध्ययन गरी ऐन,नियमको आधारमा कारबाही हुन्छ ।’

    डाक्टरले जान्दाजान्दै आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएको, नक्कली डाक्टर भएर काम गरेको, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि चलाएको जस्ता उजुरीहरु बढि पर्ने गरेको काउन्सिलले जनाएको छ ।

    क्लिनिक देखि ठूला अस्पताल, सरकारी गैरसरकारी र निजी क्षेत्रका नयाँ देखि पुराना अस्पताल सबैमा कार्यरत चिकित्सकविरुद्ध उजुरी परेको डा. अधिकारीले बताउनुभयो ।

    स्वास्थ्य क्षेत्रमा भएको प्रविधिको विकास, विशेषज्ञ जनशक्तिको पर्याप्तता र स्वास्थ्य संस्थाको उचित व्यवस्थापनसँगै उपचारमा डाक्टरले गर्ने गल्ती घट्नुपर्ने जानुपर्ने हो । तर, यस्ता घटनाले बिरामीको चिकित्सकप्रति विश्वास घट्दै गएको देखिन्छ । जसका कारण अस्पताल तोडफोडदेखि चिकित्सकमाथि आक्रमणका घटना घटिरहेका छन् ।


    शुक्रवार, आश्विन २८ २०७९०७:२६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij