काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीले उम्मेदवार नबनाएकोबारे भोलि आफ्नो धारणा पेश गर्ने बताउनुभएको छ । अछाम-१ बाट सर्वसम्मत सिफारिसमा पर्नुभएका रावलको ठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिनुभएको थियो ।
रावलले आफूलाई उम्मेदवार नबनाएको बारेमा उचित समयमा बोल्ने बताउँदै आउनुभएको थियो । उहाँले क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल सिफारिस पर्दा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको बताउनुभएको छ ।
बिहीवार (भोली) कार्की ब्याङ्कवेटमा पत्रकार सम्मेलनमा सिफारिस नै नभएका व्यक्तिलाई उम्मेदवार बनाएकोबारेमा उठेको टिकाटिप्पणीबारे आफ्नो मत राख्ने रावलले बताउनुभएको छ ।
