Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमित एक पुरुषको मृत्यु

कोरोना संक्रमित एक पुरुषको मृत्यु

  • बिहिवार, भाद्र १८ २०७७

  • 1.3K
    SHARES

  • कोरोना संक्रमित एक पुरुषको मृत्यु

    बिमल प्रसाद पोख्रेल ,प्युठान । प्युठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

    जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं ७ का ५८ वर्षिय पुरुषको गौतम बुद्ध अस्पताल बुटवलमा उपचारको क्रममा गएराती मृत्यु भएको स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो ।

    स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाइ उपचारका लागि भदौ १० गते बुटवल लगिएको थियो । उपचारका क्रममा भदौ १५ गते पिसिआर परिक्षणका लागि स्वाव संक्रलन गरिएको र भदौ १६ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

    मृतक पुरुषमा जन्डिस, फोक्सोको समस्या रहेको स्वास्थ्य संयोजक केसीले बताउनुभयो । यसअघि भदौ ५ गते स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो । यससंगै प्युठानमा कोरोना संक्रमितका कारण मृत्युु हुनेको संख्या दुई पुगेको छ।

     


    बिहिवार, भाद्र १८ २०७७०९:११:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij