चितवन । चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मेडिकल कलेजमा उपचाररत उनको गयराति मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा.डा हरिशचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ ।